सर्लाहीबाट लेखा अधिकृत र लेखापाल घुससहित पक्राउ

काठमाडौं, १० असार। सर्लाहीको हरिपुर नगर कार्यपालिकाको कार्यालयका लेखा अधिकृत र लेखापाल घुससहित पक्राउ परेका छन् ।

लेखा अधिकृत भुपेन्द्र कुमार सिंह र लेखापाल रन्जित कुमार राय यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चार हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

विज्ञान प्रकाशन बापतको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवम् उजुरीका आधारमा बर्दिवासबाट खटिएको अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

घुस लिइसकेको अवस्थामा उनीहरुलाई कार्यालय भवनभित्रैबाट पक्राउ गरिएको र अनुसन्धान गरिरहेको कोइरालालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here