जनकपुर कुर्था -२१ मा अर्धनग्न अवस्थामा १० वर्षीया बालिका मृत फेला

जनकपुर । धनुषामा दुई दिनदेखि बेपत्ता एक १० वर्षीया बालिका मृतावस्थामा फेला परेकी छिन् । 

जनकपुर उपमहानगरपालिका वडा नम्बर २१ स्थित कुर्थाकी १० वर्षीया बालिका कन्चनकुमारी शुक्रबार बिहान खेतमा मृतावस्थामा फेला परेकी हुन् । 

स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेका छन् । अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ । 

परिवारले बालिका बेपत्ता भएसँगै खोजबिन गर्दा कतैपनि फेला नपरेपछि बिहीबार अस्थायी प्रहरी चौकी कुर्थामा उजुरी दिएका थिए । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here