व्यवसायिक रुपमा बाख्रापालन गर्ने तरिका र उपाय ?

डा.पवन कुमार झा (पशु चिकित्सक, पिके भेटेरिनरी एंड एग्रिकल्चर सेन्टर ) को एक रिपोर्ट

खसीबाख्रा पाल्तु जनावरहरू मा पर्दछन् र गर्न चाहने हो भने बाख्रापालन ब्यवसायको हाम्रो देश मा पर्याप्त संभावना रहेको  छ। आजभोलि हेर्ने हो भने चाडपर्व होस या अरु कुनै बेला खसी मासुको माग धेरै बढिरहेका छन् भने यसको मूल्य पनि बढी रहेको छ । हाम्रो देशमा खसीबाख्रापालन व्यवसायलाई नाफामूलक बनाउन सकिन्छ ।बाख्राको दूध गाईको जस्तै स्वस्थ्य र राम्रो हुन्छ। दूध, मासु, ऊन लागि किसानहरूले बाख्रापालन गरेको पाइन्छ । व्यवसायिक रुपमा बाख्रापालनका लागि गोठ अथवा खोर व्यवस्थापन, आहारा, प्रजनन र स्वास्थ्य व्यवस्थापनमा विशेष ध्यान दिनु आवश्यक हुन्छ ।

बाख्रापालन सानो पूँजिबाट पनि सरु गर्न सकिन्छ । बाख्रापालनलाई व्यवसायिकरण गर्नको लागि समय अनुसार को मांग, नया प्रबिधि, प्राबिधिक ज्ञान, सोचन शक्ति र द्रिड़ताको जरुरि हुन्छ। परम्परागत तरिका को ज्ञान र सोचले व्यवसायिकरण गर्नु हुदैन ।बाख्रापालन शुरु गर्नु भन्दा पहिले स्थानीय  क्षेत्रमा चरनको लागि बाख्राले खाने घाँसको उपलव्धता छन् कि छैनन्, त्यस्को जानकारी राम्रो संग लिनुपर्छ। बाख्राको श्रोत अनि बजारीकरण कस्तो छ, स्थानीय क्षेत्र मा खसीबाख्राको माग कस्तो छ, यसको बारेमा पनि राम्रो जानकारी राख्नु पर्छ। त्यसैले व्यवसायिक बाख्रापालनका लागि धेरै कुरामा ध्यान दिनु पर्दछ ।बाख्रा एक प्रकारको स्तनधारी वर्गमा पर्ने घरपालुवा जनावर हो। बाख्राहरू विभिन्न प्रजातीको हुन्छन्। नेपाली जातका बाख्राहरू सिन्हाल, च्याङग्रा,खरी, तराई बाख्रा छन् भने हाम्रो देश बाहिरका आयातित जातहरु मा जमुनापारि, बारबारी, सानन्, विटल, सिरोही र बोयेर छन । खसीबाख्रा घाँस खाने जनावर हुन् । व्यावसायिक रुपमा बाख्रापालन गर्दा घाँस खेति गर्नु राम्रो हुन्छ  । स्टाइलो, वसिम, भटमासे, जौ, वोडी घाँस लगाउनु को साथ् साथै डाले घांसको पनि व्यवस्था राम्रो तरिकाले  गर्नु पर्छ। चरन क्षेत्र मा पनि पोषिलो घाँस लगाउनु पर्छ।

व्यावसायिक रुपमा बाख्रापालन गर्दा उचित स्थानको छनौट अत्यन्तै महत्वपूर्ण हुन्छ। खसीबाख्रा को लागि  आधुनिक र वैज्ञानिक खोरको निर्माण गर्नु पर्दछ । कम्ति मा जमिन भन्दा ३–५ फिट माथि उठाई बाख्रा बस्ने मिल्ने खोर बनाउनु पर्छ । स्थानीय काठ,वांस वा अन्य निर्माण सामाग्री प्रयोग गरी गोठ बनाउन सकिन्छ। खोर बनाउदा खेरि बिशेष गरि पानी नजम्ने ठाउँ, सुख्हा ठाउँ र बाख्रापालन गर्दा हुने फोहर अथवा मलमुत्र को उचित ब्यबस्थापन हुने गरि बनाउनु पर्छ । अलिक अग्लो खोर बनाउदा गर्मी मौसममा चर्को गर्मी बाट बाख्राहरूलाई बचाउन सकिन्छ। यसका साथसाथै वर्षाको समयमा वाख्रालाई बाहिर निकाल्न नसकेको वेलामा खोरभित्रै घाँस दिन सकिन्छ। भित्रै पसेर खोर सफा गर्न मिल्ने गरि खोर को निर्माण गर्नु पर्ने हुन्छ ।

बाख्रापालन गर्दा बिशेष गरि पाठा-पाठी किन्दा बोका र माउको जात खुलेको पाठापाठी ल्याउनु पर्छ । कम्तिमा ६ पुस्ता सम्म हाडनाता नपरेको, जुन ठाउँ मा ब्यबसाय गर्ने हो, त्यहाँ को हावापानी संग मिल्ने, बढी दुध दिने, छिट्टै हुर्किने, धेरै उत्पादन दिने जातको राख्नु पर्छ, जसले गर्दा पछि गएर उत्पादन मा वृद्धि को साथ साथै नाफामुलक बनाउन मद्दत पुग्छ ।

रोग लाग्न नदिन समय समय मा जुका को औषधि  र खसी बाख्रा मा लाग्ने खोप लगाई राख्नु पर्छ बाख्रामा लाग्ने  जुम्रा, उपियाँ, किर्नाहरू प्रमुख बाह्य परजिवी समस्याहरू हुन भने जुका, नाम्ले प्रमुख आन्तरिक परजिवीहरू हुन्। समय समयमा खोरको नियमित सरसफाई गर्नाले खसीबाख्रा मा लाग्ने रोग को नियन्त्रण गर्न सकिन्छ। यसका साथ् साथै प्राबिधिक को सल्लाह पनि लिई राख्नु पर्छ ।

डा.पवन कुमार झा ( (पशु चिकित्सक, पिके भेटेरिनरी एंड एग्रिकल्चर सेन्टर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here