काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ । आज बसेको बोर्डको बैठकले अर्को सूचना जारी नभएसम्म वार्षिक परीक्षा स्थगित गरेको हो ।
कोरोना भाइरसको महामारी नियन्त्रणमा नआएको र लकडाउन लम्बिरहेकाले अनिश्चतकालका लागि परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ ।
कोरोना भाइरसको जोखिम बढेको असहज परिस्थितिको कारण बोर्डले परीक्षा स्थगित गरेको हो । पूर्व निर्धारित कार्यतालिका अनुसार कक्षा १२ को परीक्षा आगामी बैशाख ८ गते र कक्षा ११ को परीक्षा आगामी बैशाख २१ गतेबाट सुरु हुने भनिएको थियो ।