काठमाडौं । चलचित्र ‘आफ्नो मान्छे’ मा समावेश गीत ‘चट्ट रुमाल’लाई रि– एरेन्ज गर्दै ‘यात्राःअ म्युजिकल भ्लग’ मा समावेश गरिएको छ । मंगलबार पुराना सर्जकलाई सम्मान गर्दै गीत सार्वजनिक गरिएको छ ।
सञ्चारकर्मी बाबुराम दाहालको शब्द रचनामा तयार गीतमा संगीत शम्भुजित बास्कोटाको छ । शम्भुजित र साधना सरगमले स्वर दिएका थिए । रि–एरेन्ज गरिएको गीतमा भने धर्मेन्द्र सेवान र मेलिना राइले स्वर दिएका छन् । यसलाई राजन इशानले रि–एरेन्ज गरेका हुन् । गीतलाई प्रविन सिंहले कोरियोग्राफ गरेका छन् ।
भिडियोमा सलिनमान बनियाँ, सलोन बस्नेत, मलिका महत, जान्हवि बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा लगायत फिचर्ड छन् ।
गीत सार्वजनिक कार्यक्रममा यसका सर्जकहरु शभुजित बास्कोटा, नृत्य निर्देशक राजु शाहलाई सम्मान गरिएको हो । यसैगरी गीतमा देखिएका स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्मान उनकी पत्नी तथा कलाकार श्वेता खड्काले ग्रहण गरेकी थिइन् ।
‘यात्राः अ म्युजिकल भ्लग’ चैत २९ गते रिलिज हुँदैछ । सम्राट शाक्यले निर्देशन गरेको ‘यात्राः अ म्युजिकल भ्लग’मा सलिनसँगै सलोन बस्नेत जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई लगायतले अभिनय गरेका छन् ।