बलिउडमै पहिलो पटक सुपरभाइजर राखेर अन्तरंग दृश्य सुट गरियो

सेलिना जेट्ली लामो समय फिल्मी पर्दाबाट टाढा रहिन। बलिउडमा कमब्याकको लागि उनी अहिले ‘सिजन्स ग्रिटिङ्ग्स’ नामक फिल्मको सुटिङ गर्दैछन्। यीनै सेलिनाले फिल्मको इन्टिमेट सिन सुट गर्न एक फरक प्रयोग गरिन।

सम्भवत बलिउडको यो पहिलो फिल्म होला, जसको इन्टिमेट सिन सुटिङको समयमा एक महिला सुपरभाइजर उपस्थित थिइन। यो फिल्मको सुटिङ कलकत्तामा चल्दै छ। सेलिना जेटली र उनको को-स्टार अजहर खानको बीचमा चलेको अन्तरंग दृश्यको निगरानी गर्न सामाजिक अभियन्ता मनीषा बाषु सुटिङ स्थलमा थिइन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here