के मलैकासँग विवाह गर्ने तयारीमा छन् त अर्जुन कपुर ?

एजेन्सी । बलिउडका स्टार अभिनेता हुन् अर्जुन कपुर । तर, बिस्तारै उनको स्टारडम धरापमा पर्न थालेको छ । मलैका अरोरासँगको सम्बन्धपछि उनी बलिउड चर्चामा कम लब अफयेर चर्चामा बढी आउन थालेका छन् ।

हालै भएको एक कार्यक्रममा उनले मलैकाबारे मुख खोलेका छन् । उनलाई मलैकासँग विवाह गर्ने वा नगर्नेबारे प्रश्न गरिएको थियो । जबाफमा उनले आफु बल्ल ३३ वर्षको भएको र विवाहका लागि आफु आतुर नरहेको बताएका छन् ।पछिल्लो समय फिल्म इण्डियास मोस्ट वान्टेड फिल्मको प्रचारमा रहेका उनले भनेका छन्,‘मेरो र मलैकाको सम्बन्धबारे सबैलाई थाहा छ ।’पछिल्लो समय उनीहरुलाई एक हस्पिटलमा सँगै देखिएको थियो । मिडिया रिपोर्टका अनुसार उनीहरुले क्याथोलिक शैलीमा विवाह गर्न लागेको समेत हल्ला चलेको थियो । उनीहरुको विवाहमा वरुण घावन र रनवीर सिंह उपस्थित हुने समेत बताइको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here