मिस नेपाल अनुष्का श्रेष्ठ बनिन् २०१९ को

प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस नेपाल वर्ल्डको ताज पहिरिइन् । अनुष्कालाई मिस नेपाल २०१८ की विजेता शृङखला खतिवडाले ताज लगाइदिएकी थिइन् । श्रेष्ठले मस्ट इन्टिलेक्चुअल सहभागी र मिस फेसिनोको उपाधिसमेत जितिन् ।

अनुष्काले मिस नेपाल वर्ल्ड जित्दा प्रदीप्ता अधिकारीे मिस नेपाल युनिभर्स (द्वितीय) भइन् । यसैगरी रिया बस्नेत मिस नेपाल अर्थ भइन् भने मिरा कर्माचार्य र रोज लामा क्रमशः मिस नेपाल इन्टरनेसनल र मिस नेपाल सुपरनेसनलको उपाधि जिते ।

विजेता ५ सहित सोफिया भुजेल र रक्षा उप्रेती पनि फाइनल (शीर्ष ७) मा पुगेका थिए । यसअघि शीर्ष १४ मा सुभेच्छा अधिकारी, नितिका कर्माचार्य, जेनि महर्जन, शिवानी घिमिरे, प्रभा अधिकारी, निशा पाठक र नान्सी बोगटी पनि पुगेका थिए । यसैगरी निशा पाठक मस्ट कन्फिडेन्ट, रिया बस्नेत मस्ट पपुलर भइन् । मिस नेपालको ब्युटि विथ पर्पोजको उपाधि भने नितिका कर्माचार्यले जितिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here