भारतको जि टिभिले सञ्चालन गरेको रियालिटि सो लिटल च्याम्पस सारेगामपमा सेकेन्ड रनरअप बनेका इटहरीका प्रितम आचार्यलाई इटहरीमा भब्य स्वागत गरिएको छ । सानै उमेरमा गायन क्षेत्रमा लागेर भारतको लिटल च्याम्पसमा पुगेका आचार्यको निकै चर्चा भएको थियो । उनलाई भब्य स्वागत गर्न ईटहरिबाट दर्जन गाडि सहित सयौ जना काकडभिट्टा पुगेका थिए । काकडभिट्टामा त्यहाका स्थानियबासीहरु लगायतले स्वागत सम्मान गरेका थिए ।
सारेगमप लिटिल च्याम्पसमा सेकेन्ड रनरअप बनेका ईटहरीका प्रीतम आचार्यलाई काकडभिट्टामा भब्य स्वागत गरिए संगै ‘नेपालका छोरा प्रीतम – हाई हाई’ भन्दै उनलाई सबैले बोकेका थिए । त्यस्तै बिर्तामोडको होटल हेभेन ग्राण्ड र दमक, उर्लाबारी लगायत ठाउहरुमा पनि उनलाई भब्य स्वागत सम्मान सहित उनको साङितिक भबिष्यको लागि शुभकामना प्रदान गरिएको थियो ।