प्रियंका बनिन् सबैभन्दा धेरै खोजिने सेलिब्रेटी

बलिउड । अभिनेत्री प्रिंयका चोपडालाई ग्लोबल आइकनको रुपमा लिइन्छ । पछिल्लो समय बलिउड र हलिउड दुबै चलचित्रमा खासै नदेखिए पनि हालै गरिएको एक सर्वेले उनी भारतको मात्रै नभएर संसारकै

फेवरेट सेलिब्रेटी सावित भएकी छिन् । 

उक्त सर्वेमार्फत प्रिंयका टप भारतीय अभिनेत्री सावित भएकी छिन् । सर्वेमा अक्टुबर २०१८ देखि अक्टुबर २०१९ सम्मको समयावधिलाई समेटेको छ ।

रिर्पोटको अनुसार २०१९ मा अभिनेत्री प्रिंयका चोपडालाई २.७४ मिलियन पटक सर्च गरिएको छ । अभिनेत्रीमा प्रिंयका पछि दीपिका पादुकोण र तेस्रोमा सनी लियोनी परेकी छिन् ।

यस्तै सलमानलाई भने अक्टुबर २०१९ मा १.८३ मिलियन पटक सर्च गरिएको छ । सलमान पछि दोस्रो स्थानमा शाहरुख खान र तेस्रो स्थानमा अमरिस पुरी परेका छन् ।

तर अभिनेता र अभिनेत्री दुबैको तुलनागर्दा प्रिंयका चोपडा सलमान र शाहरुख भन्दा पनि अघि देखिएकी छिन् । (नवभारत टाइम्स)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here