बलिउडका सुपरस्टार अभिनेता अक्षय कुमार र करिना कपुर खानको फिल्म गुड न्यूजले बक्स अफिसमा हलचल मच्चाएको छ।
फिल्म १ हप्तामा १२७ करोड ९० लाख कमाएको छ। फिल्मले दोस्रो हप्ताको पहिलो दिन शुक्रवार ८ करोड १० लाखको कारोबार गरेको छ। अर्थ विश्लेषक तरण आदर्शले ट्विट गरेर फिल्मको कमाईको आंकडा सार्वजनिक गरेका छन्।
तरण आदर्शले लेखेका छन्, ‘गुड न्युज प्रदर्शनको दोस्रो सातामा पनि बक्स अफिसमा राम्रो गरिरहेको छ। फिल्मले सजिलै १५० करोड कमाउन सक्छ। प्रदर्शनको पहिलो दिन शुक्रबार १७ करोठ ५६ लाख, शनिबार २१ करोड ७८ लाख आइतबार २५ करो८ ६५ लाख, सोमबार १३ करो८ ४१ लाख मंगलबार १६ करोड २० लाख, बुधवार २२ करोड ५०, बिहीबार १० करोड ८० लाख कमाइ गरेको छ।’
फिल्मले बक्स अफिसमा राम्रो गरेपछि अभिनेता अक्षय कुमारले खुसी व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘हामी गुड न्यूजको प्रतिक्रियाबाट धेरै खुसी छौं, किनकि यो फिल्म एक यस्तो विषयमा आधारित छ जुन दर्शकहरूसँग सेयर गर्नुपर्ने थियो। यो धेरै महत्त्वपूर्ण विषय हो। म भारतका दर्शकहरुलाई मात्र होइन, विदेशका दर्शकहरुलाई पनि धन्यवाद दिन्छु कि उनीहरूले हामीलाई खुला मनले स्वीकारेका छन्। राम्रो सन्देश र विषयवस्तु भएको चलचित्रले जहिले पनि सफलता र प्रशंसा प्राप्त गर्दछ भन्ने कुरा यो चलचित्रले पुष्टि गरेको छ।’
यस फिल्मको निर्देशन राज मेहताले गरेका छन्। अक्षय र करिना बाहेक फिल्ममा दिलजीत दोसांझ र कियारा आडवाणी महत्वपूर्ण भूमिकामा छन्।