बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खान को निधन

काठमाडौं। बलिउडकी प्रख्यात कोरियाग्राफर सरोज खानको निधन भएको छ। ७२ वर्षीया खानलाई २० जुनमा स्वासप्रस्वासको समस्या भएपछि मुम्बईको गुरु नानक अस्पतालमा भर्ना गरिएको थियो। गए राति (बिहीबार) अबेर उनलाई कार्डिएक एरेस्ट भएको अस्पतालले बताएको छ।

उनलाई अहिले महामारीको रुप लिइरहेको कोरोना सङ्क्रमणले छोएको हो कि भनेर त्यसको जाँच पनि गरिएको थियो। तर रिपोर्ट नेगेटिभ आएको थियो।

खानलाई बलिउडमा दिग्गज नृत्य निर्देशक मानिन्छ। उनले मुम्बईको रङ्‍गिन दुनियाँमा सहायक नृत्य निर्देशकका रुपमा उनले पाइला राखेकी थिइन्। सन् १९७४ मा बनेको ‘गीता मेरा नाम’ नाम सिनेमाको गीत स्वतन्त्र ढङ्‍गमा निर्देशन गरेकी थिइन्। उनले दुई हजारभन्दा बढी गीतमा कोरियोग्राफी गरेकी छन्। उनलाई सबैभन्दा बढी प्रसिद्धि तेजाब नामक सिनेमाको ‘एक-दो-तीन’, देवदासको ‘डोला रे डोला’जस्ता गीतले दिएको मानिन्छ।

खानको अन्तिम निर्देशन माधुरी दीक्षित अभिनित चलचित्र ‘कलङ्‍क’ हो। उनले तीन पटक उत्कृष्ट नृत्य निर्देशकको राष्ट्रिय पुरस्कार पाएकी थिइन्। उनी पछिल्लो समय टेलिभिजनका ‘रियालिटी सो’मा निर्णायकका रुपमा काम गरिरहेकी थिइन्। एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here