नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटामा एक जना महिला स्वास्थ्यकर्मी, विराटनगरमा एक जना महिला र पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँग नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या २९६ पुगेको छ। हालसम्म नेपालमा कोरोना संक्रमित ३६ जना निको भई घर फर्किसकेका छन् । यसमध्ये दुईजनाको निधन भइसकेको छ।