काठमाडौं । कोरोना भाइरसको संक्रमण पुष्टि भएका बर्दियाका २८ वर्षीय पुरुष काठमाडौँ, कालीमाटीका व्यवसायी भएको पत्ता लागेको छ । जिल्ला सदरमुकाम गुलरिया नगरपालिका ११ लालपुरका स्थायी बासिन्दा उनी बन्दाबन्दीमा घर आएका र पाँच दिन अघि काठमाडौँ फर्किएको स्थानीय प्रशासनले जनाएको छ । उनको सम्पर्कमा आएकाहरुको खोजी भइरहेको छ । संक्रमितका परिवारमा २२ जना छन् । सबैको आज पिसिआर परीक्षण गर्ने तयारी भएको स्वास्थ्य प्रमुख गिरीले जानकारी दिए।