जेठ ४ गते । प्रदेश २ सरकारले कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणका लागि अग्रमोर्चामा खटिरहेका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र संचारकर्मीलाई मृत्यु भएमा ५० लाख रुपैया राहत प्याकेजको घोषणा गरेको छ ।
आइतवार प्रदेशवासीको नाममा सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले भने कोरोना भाइरस युद्धको अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी , संचारकर्मी र उपचार तथा नियन्त्रणमा संलग्न अन्य कर्मचारीहरुको मनोबल उच्च राख्न प्रदेश सरकारले प्रोत्साहन भत्ता दिइने घोषणा गरे ।
यसका साथै कर्तव्य पालनको क्रममा कोरोना संक्रमित भई निधन हुन गएमा निजको परिवार लाई ५० लाख राहत उपलब्ध गराउने निर्णय समेत गरिएको जानकारी दिए ।
मुख्यमन्त्री राउतले प्रदेश मातहत रहेका अस्पतालहरुलाई रु ५ करोड देखी २२ करोड सम्म रकम उपलब्ध गराई अस्पतालहरुको स्तरोन्नति, पूर्वाधार निर्माण लगायतको काम समेत शुरु गरिएको जानकारी दिए ।
यसका साथै धनुषाको गंगुली स्थित क्वारेन्टाइनको थप सुदृढिकरण, जलेश्वर, कलैया र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताललाई कोभिड १९ विशेष अस्पतालको रुपमा स्तर उन्नती गर्ने लगायतका कार्यहरु भइसकेको जानकारी दिदै पर्सा जिल्लाको पोखरिया अस्पताल, सप्तरीको भारदह अस्पताल र धनुषाको डुमरिया अस्पताललाई स्तरोन्नति गर्ने काम भइरहेको बताए ।
सम्बोधन क्रममा प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल विरगंज मा १०/१० तथा अन्य जिल्ला अस्पातालहरुमा ५/५ गरी ५० थान भेन्टिलेटरको जडान, प्रत्येक जिल्लामा १/१ थान एम्बुलेन्स तथा शव बाहन उपलब्ध गराउने प्रकिया समेत अगाडि बढाइएको जानकारी दिए ।
सीमामा रोकिएका नागरिकहरुलाई नेपाल भित्र्याउने नीतिगत निर्णय हुना साथै उनीहरुलाई राख्नका लागि प्रदेश सरकारले आठवटै जिल्लाका सिमानाका नजिकै ३÷३ सय बेड क्षमताको क्वारेन्टाइन निर्माणको प्रक्रिया शुरु गरिसकेको जानकारी समेत दिए ।