काठमाडौं- कोरोना भाइरसका संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’मा खटिएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक चिकित्सकलाई समेत संक्रमण देखिएको छ ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत ललितपुर निवासी एक जना चिकित्सकमा आज कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार आज संक्रमण पुष्टि भएका ललितपुरका भनिएका एक व्यक्ति उनै चिकित्सक हुन् । उनी पछिल्लो पटक कपिलवस्तुमा देखिएको संक्रमणपछि ‘कन्ट्याक्ट ट्रेसिङ’मा खटिएका थिए।