काठमाडौं । कोरोनाभाइरस खोपको परीक्षण सफल भएको अमेरिकी एक कम्पनीले दाबी गरेको छ । आठ जनामा गरिएको कोरोनाभाइरसविरुद्धको खोपले सफलताको पहिलो संकेत दिएको अमेरिकाको मोडेर्ना कम्पनीले दाबी गरेको हो ।
परीक्षणको रिपोर्टमा कोरोनाभाइरस छिरेपछि मान्छेको शरीरमा पैदा हुने रोग प्रतिरोधी क्षमता जस्तै यो खोपको पनि प्रतिरोधी क्षमता भएको कम्पनीले बताएको छ । बीबीसीको अनलाइन सेवामा प्रकाशित समाचार अनुसार सुरक्षा परीक्षणमा भाग लिएका आठ जनाको शरीरमा कोरोनाभाइरसलाई निस्तेज पार्न सक्ने एन्टिबडी भेटिएको बताएको छ।
खोपको परीक्षण धेरै मानिसहरुमा गरेपछि मात्रै यसले कोरोनाभाइरसबाट मान्छेलाई बचाउन सक्छ कि सक्दैन भन्ने एकिन हुने पनि समाचारमा जनाइएको छ । कोरोनाभाइरसविरुद्धको खोप बनाउने कार्यमा लागेको ८० कम्पनीमध्ये मोडेर्ना कम्पनी पहिलो कम्पनी भएको समाचारमा उल्लेख छ ।