कोरोनाको त्रासबीच डेङ्गु सङ्क्रमण, १३ वर्षीया बालिकासहित १० जना पुगे

१८ जेठ । हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको संक्रमणसँगै डेङ्गु संक्रमितको संख्या पनि बढ्दै गएको छ ।

म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गु संक्रमण देखिएको हो । बरङ्जाबाट उपचारका लागि बेनी अस्पताल आएकी ती बालिकामा डेङ्गु पोजिटिभ देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताए। उनका अनुसार बालिकामा उच्च ज्वरो आउने, शरीर दुख्ने तथा जोर्नी दुख्नेजस्ता समस्या देखिएको छ। उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। योसँगै डेङ्गु संक्रमितको संख्या १० पुगेको छ । तीमध्ये नौ जना निको भएर घर फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here