प्रदेश २ मा कोरोना संक्रमित हुनेहरुको संख्या १ हजार ३ सय ७७ पुगेको छ । प्रदेशको बिभिन्न जिल्लाहरुमा गरि थप ५४ जना नयाँ संक्रमितहरु थपिएका छन् । धनुषामा सबै भन्दा बढी २१ जना, महोत्तरीमा १९ , सप्तरीमा १३ र सर्लाहीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनुषाका संक्रमित मध्ये २० जना पुरुष र एक जना महिला रहेका छन ।यस्तै महोतरीका संक्रमित मध्येये १८ पुरुष र एक महिला रहेका छन । सप्तरी जिल्लामा भेटिएका संक्रमित १३ जना मध्ये १० पुरुष र ३ महिला छन भने सर्लाहीमा भेटिएका संक्रमित एक जना पुरुष छन्।