काठमाडौं । भारतमा पछिल्लो २४ घन्टामा विश्वमै सबैभन्दा धेरै कोरोना भाइरसबाट संक्रमित र मृतक संख्या पुगेका छन् । पछिल्लो तथ्यांकअनुसार भारतमा एक दिनमा ५९ हजार ६ सय ९६ जना संक्रमित थपिएका छन् भने ८ सय ५४ जनाको मृत्यु भएको छ ।
यससँगै हालसम्म भारतमा ३१ लाख ६४ हजार ८ सय ८१ संक्रमित पुगेका छन्, त्यस्तै हालसम्म ५८ हजार ५ सय ४६ जनाले ज्यान गुमाइसकेका छन् ।
भारतमा पछिल्ला दिनमा अन्य देशका तुलनामा सबैभन्दा धेरै संक्रमित र मृतकको संख्या थपिँदै गएको छ ।
भारत संक्रमित संख्यामा तेस्रो स्थान र मृतकमा चौथो स्थानमा रहेको छ । भारतमा भन्दा धेरै संक्रमित अमेरिका र ब्राजिलमा रहेका छन् भने मृतकमा अमेरिका, ब्राजिल र मेक्सिको रहेको छ ।