प्रधानमन्त्रीले सम्वोधन गर्ने दिन संसदमा राजपा आक्रामक, फेरि संसद अवरुद्ध

काठमाडौँ । संसदको हिउँदे अधिवेशनलाई आज (आइतबार) दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गर्ने कार्यतालिका रहेका बेला संसदमा राष्ट्रिय जनता पार्टी आक्रमक रुपमा प्रस्तुत भएको छ । राष्ट्रिय जनता पार्टी नेपालको अवरोधका कारण संसद वैठक नै रोकिएको छ ।

मधेस आन्दोलनलगायतका आन्दोलनमा भएको घटनाको छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद अवरुद्ध पारेको हो । राजपा नेता लक्ष्मणलाल कर्णले सरकारले पटक–पटक आश्वासन दिए पनि गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरेकाले आजको संसद बैठक पनि अवरुद्ध गर्ने बताएका छन् ।

लगत्तै राजपा सांसदहरु सिटबाट उठेर विरोध जनाए । त्यसपछि सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि संसद स्थगित गरेका छन् ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले पटक–पटक संसद अवरुद्ध गर्दै आएका छन् । सरकारले पटक–पटक प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता जनाए पनि सार्वजनिक भएको छैन । अन्य दिनको भन्दा आज राजपा सांसदहरु थप आक्रमक बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here