काठमाडौं । एकल
बिन्दू सेवा केन्द्र आजदेखि सञ्चालनमा आउने भएको छ । उद्योग दर्ता, प्रवेशाज्ञालगायत विभिन्न आठ प्रकारका सेवा एकै
स्थानबाट उपलब्ध गराउने
लक्ष्यका साथ सरकारले उद्योग विभागको परिसरमा यो केन्द्र स्थापना गरेको छ ।
निजी क्षेत्रले लामो समयदेखि माग गर्दै आएको सेवा सञ्चालन गर्न
लागिएको हो । गएको चैत १५ र
१६ गते काठमाण्डौमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सरकारले व्यक्त गरेको प्रतिबद्धताअनुसार नै केन्द्र
सञ्चालनमा ल्याउन लागिएको उद्योग,
वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा उद्योग विभागकी सचिव यामकुमारी खतिवडाले एकल विन्दु सेवा केन्द्रको सुभारम्भ भएसँगै लगानीकर्ताले फाइल बोकेर हिँडिरहनु पर्ने अवस्थाको अन्त्य भएको बताउँदै उद्योग व्यवसायीलाई आवश्यक पर्ने सबै प्रकारको सहजीकरण गर्न अग्रसर हरेको बताउँदै अब उद्योग दर्ताको लागि सबै प्रकारको प्रक्रियागत झन्झटको अन्त्य भएको बताइन् । एकद्वार प्रणलीको खाका मन्त्रीपरिषद्बाट पारित भइसकेको छ ।
नेपाल उद्योग परिसङ्घका महानिर्देशक मेघनाथ न्यौपानेले रासससँग कुराकानी गर्दै सरकारले ढिलै भए पनि लगानीकर्ताको माग सम्बोधन गरेको र लगानीकर्ता थप आशावादी बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “औद्योगिक व्यवसाय ऐन जारी भएको लामो समयपश्चात सरकारले एकै स्थानबाट सम्पूर्ण सेवा प्रवाह गर्नेगरी केन्द्र स्थापना गरेको छ ।
ढिलै भए पनि सरकारले राम्रो काम गरेको छ ।” विदेशी मुलुकमा एकद्वार प्रणाली निकै नै सफल मानिएका उदाहरण पाइन्छन् । विशेषतः छिमेकी मुलुक चीन, मलेशियालगायत मुलुकमा लगानीसम्बन्धी सेवा उपलब्ध गराउन एकद्वार प्रणाली सफल देखिएको छ ।