आज भारत लोकसभा चुनाव : अन्तिम चरणको मतदान हुदैँ

काठमाडौं– भारतमा ११ अप्रिलबाट सुरु भएकाे लाेकसभा निर्वाचनमा आज साताैं तथा अन्तिम चरणकाे मतदान भइरहेकाे छ । मतदान बिहान ७ बजेबाट सुरु भएर साँझ ६ बजेसम्म हुनेछ । त्यसपछि मत सर्वेक्षणका नतिजाहरु सार्वजनिक हुने छन् ।५९ सिटका लागि ९ सय १८ उम्मेदवार चुनावी मैदानमा छन् । 

मतदानमा भारतका ८ राज्यका झन्डै १० करोड जनताले सहभागिता जनाउने भारतीय चुनाव आयोगले जनाएको छ । सातौं तथा अन्तिम चरणको मतदान अन्तर्गत  पश्चिम बंगालको ९, हिमाचल प्रदेशको ४, बिहार र मध्य प्रदेशको ८/८, पञ्जाव र उत्तर प्रदेशको १३/१३, झारखण्डमा र चण्डीगढमा १ सिटका लागि बिहान ७ बजेबाट मतदान सुरु भइसकेको छ । अन्तिम चरणको मतदानबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका शिर्ष नेता, कांग्रेसका शिर्ष नेताहरुको भाग्यको फैसला हुनेछ । चुनावको सुरक्षालाई ध्यानमा राख्दै सबै मतदान केन्द्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here