काठमाडौ । धादिङको गजुरी गाउँपालिकास्थित बन्छेटारबाट त्रिशुली नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या सात पुगेको छ । एक जना महिला र ६ जना पुरुषको ज्यान गएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेमध्ये तीन जनाको पहिचान खुलेको छ । ज्यान गुमाउने काठमाडौं चन्द्रागिरी नगरपालिकाकी ३५ वर्षीय सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी र काठमाडौ थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेको प्रहरीले जनाएको छ । यस्तै प्रकाश श्रेष्ठ, शेखर मगर र उज्वल पाण्डेको परिचय खुले पनि ठेगाना खुलेको छैन ।
प्रहरीका अनुसार दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि काठमाडौंलगायत अन्य अस्पताल पठाइएको छ । बसमा कतिजना सवार थिए भन्ने पनि अहिलेसम्म खुल्न सकेको छैन ।