पाँचथरमा नौं जनाको हत्या, दुई परिवारका

काठमाडौं । नेपाली समाज कता जाँदैछ भन्ने चिन्ताले सबैलाई पिरोल्न थालेको छ । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गएराति २ परिवारका ९ जनाको हत्या भएको छ ।

दुई परिवारका ९ जनाको हत्याको जानकारी पाएपछि प्रहरी घटनास्थल जान लागेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिएका छन् । एकै पटक यति धेरै मानिसको हत्याको घटना रहस्यमय देखिएको प्रहरीले जनाएको छ ।

एउटै गाउँमा नजिकै रहेका ससुराकाे घरका ४ जना र ज्वाँइको घरमा ५ जनाको साेमबार राति काटेर विभत्स हत्या भएको मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिमले जानकारी दिए।

घाइते बालिकाकाे उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनाकाे जानकारी पाएपछि प्रहरी घटनास्थलतर्फ लागेकाे जिल्ला प्रहरी कार्यालय, पाँचथरले जानकारी दिएकाे छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here