ओली-प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल पुनर्गठनको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीसंग छलफल भएको बताएका छन्।

पोखरामा बिहीबार विहान पत्रकारहरूसँग कुराकानी गर्दै दाहालले यस्तो बताएका हुन् ।

बजेट पारित भएपछि प्रधानमन्त्री केपी ओलीले केही मन्त्री परिवर्तन गर्ने प्रचण्डको भनाइ थियो । ‘मन्त्रीमण्डल पुनर्गठन गर्ने विषयमा अहिले नै कुनै निर्णय भइसकेको छैन, तर बजेट पारित भएपछि केही हेरफेर गर्ने कि भनेर प्रधानमन्त्री र मेरोबीच छलफल भएको छ,’ पत्रकारको जिज्ञासामा प्रचण्डले भने ।

सरकारले आफ्नो पहिलो वर्षलाई आधार वर्षका रुपमा मानेर संवैधानिक र कानूनी रुपले गर्नुपर्ने कामहरुतर्फ बढी ध्यान केन्द्रित गर्नुपरेको पनि प्रचण्डको भनाइ थियो ।

पार्टी एकताका क्रममा भएका सहमति र सम्झौताविपरीत जाने छुट कसैलाई पनि नभएको उल्लेख गर्दै प्रचण्डले पार्टी र सरकार सञ्चालनका लागि भएका सहमति निकै अगाडि नै सार्वजनिक भइसकेको भए पनि अहिले विवादमा ल्याउन खोजिएको बताए ।

अध्यक्ष प्रचण्डले गुठीसम्बन्धी कानूनलाई एकीकृत बनेको विधेयकलाई नयाँ शीराबाट अगाडि बढाइने पनि बताए । जनस्तरबाट भएको विरोधका कारण अहिलेलाई विधेयक फिर्ता लिइएको उनको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here