तीव्र गतिमा चलाउने ९४० चालक कारवाहीमा

ट्राफिक प्रहरीले तोकिएको गतिभन्दा बढी गतिमा सवारी चलाउने ९४० सवारी चालकलाई कारबाही गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीव्र गतिका कारण उपत्यकामा दुर्घटना बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न गति तोकेर कारबाही गरेको हो।

महाशाखाले यही जेठ २८ देखि उक्त नियम लागू गरेर कारवाही गर्दै आएको छ ।

 तीव्र गतिका कारण दुर्घटना बढेको भन्दै दुर्घटना नियन्त्रणका लागि समय तोकिएको प्रहरीले बताएकाे छ।

कलङ्कीदेखि कोटेश्वरसम्म र भक्तपुर सडकखण्डमा ५० भन्दा बढी स्पिड चलाउने सवारी साधनलाई कारवाही गरिएकाे पनि प्रहरीले बताएकाे छ।

चालू आर्थिक वर्षमा मात्र उपत्यकामा २३० व्यक्तिले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । जसमा अधिकांश मोटरसाइकल चालक रहेको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here