काठमाडौं, २६ साउन। भोजपुरमा अन्नपूर्णबाट विराटनगरको लागि छुटेको यात्रुबहाक वस पल्टिएको छ ।मे १ ख ३१ ६४ नम्बरको मध्यपहाडी लाक मार्गका अन्र्तगत गुप्तेश्वर र सिद्धेश्वर सिमान चप्पिरे खोला नजिकै पल्टिन्दा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डवकुमार राजवंशीले जनाए ।
आज बिहान घुम्तीमा अनियन्त्रित भई बस सडकको नालीमा खस्दा १० घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। घाइतेमध्ये सात अस्पताल भर्ना भएको प्रहरीको भनाइ छ। जसमा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।घाइतेको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ। गम्भीर घाइते हुनेमा झापाका सहचालक अर्जुन लिम्बू रहेको प्रहरीको भनाइ छ। लिम्बूको टाउकोलगायत विभिन्न ठाउँमा चोट लागेको छ।
घाइतेहरुमा भोनपा–३ बस्ने २२ वर्षीया सङ्गीता प्रधान, २४ वर्षीया मनिषा श्रेष्ठ, १७ वर्षीया अस्मिता श्रेष्ठ, ३१ वर्षीय गोविन्द प्रधान र सोही वडाका ११ वर्षीय बालक विवेक श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।त्यस्तै इलाम घर भएका बसधनी ३५ वर्षीय अर्जुन लिम्बू, टेम्केमैयुङ गाउँपालिका–३ की ५५ वर्षीया गङ्गादेवी राई, मोरङ घर भएकी २१ वर्षीया सविना गौतम भट्टराई र चालक इलाम घर भएका सन्तकुमार फागो सामान्य घाइते भएका छन्।घटनापश्चात चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।