काठमाडौं । भारतको प्रतिष्ठित म्यागेजिन
‘होटेलियर’ले
लगातार दोस्रो वर्ष ‘सीजी होटेल्स एन्ड रिसोर्ट’का
कार्यकारी निर्देशक राहुल चौधरीलाई शक्तिशाली ३५ व्यवसायीको सूचीमा राखेको
छ । ‘‘होटेलियर’ले सन् २०१९ का लागि हस्पिटालिटी
क्षेत्रमा सफल ३५ प्रभावशाली व्यवसायीको सूची निकालेको हो । राहुल
सन् २०१८ को सूचीमा पनि थिए । यो सूचीमा भारतभर होटल तथा रिसोर्ट सञ्चालन
र नेतृत्व गर्ने सफल व्यवसायीहरू छन् । राहुलले भारतको नयाँदिल्ली
मुकामबाट ‘सीजी कर्प ग्लोबल’सँगै ‘सीजी होटेल्स
एन्ड रिसोर्ट’को कार्यकारी निर्देशकको जिम्मेवारी निभाइरहेका छन् ।
‘सीजी होटेल्स एन्ड रिसोर्ट’ले
भारतका विभिन्न स्थानमा सेवा विस्तार गरेको छ ।
‘ताज’, ‘फर्न’, ‘जिंक’ जस्ता
स्थापित र प्रसिद्ध चेन होटलमा सीजीको
साझेदारी÷लगानी छ । ‘सीजी
होटेल्स एन्ड रिसोर्ट’ले २० मुलुकका १ सयभन्दा बढी
होटल सञ्चालन गरिरहेको छ । यी होटल-रिसोर्टमा ६ हजारभन्दा बढी कोठा छन् ।
“हामीसँग
पहिले १० वटा होटल थिए, सन् २०२० सम्ममा यो संख्या २०० पुग्छ,” राहुल
भन्छन्, “थप १५ देशका ९७ पर्यटकीय गन्तव्यमा पुग्नेछौं ।
त्यतिबेलासम्म हामीसँग १० हजारभन्दा
धेरै कोठा हुनेछन् ।”
विश्वभर होटल सञ्जाल फैलाउने उद्देश्य
लिएर हुँदै हिड्नुभएका राहुल आफू पिता विनोद चौधरीको व्यावसायिक सफलता र
सद्गुणलाई आत्मसात गरेर हिँडेको बताउनुहुन्छ ।