ट्रकको ठक्करबाट स्कुले बालिकाको मृत्यु, कोहलपुर तनावग्रस्त

कोहलपुर– तीब्र गतिमा रहेको ट्रकले विद्यार्थीलाई टक्कर दिएपछि बाँकेको कोहलपुर तनावग्रस्त बनेको छ ।नम्बर नखुलेको एउटा ट्रकको ठक्करबाट त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा कक्षा ७ मा अध्ययनरत प्रकृत्रि चन्दको मृत्यु भएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।

आक्रोशित विद्यार्थी र स्थानीयहरुले ठक्कर दिने ट्रकमा आगजनी गर्नुका साथै करिब ७ वटा सवारीका साधानमा तोडफोड गरेका छन् ।विद्यार्थीहरुले राजमार्ग र सडक ठप्प पारेका छन् ।प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर नै गरेका छन् ।

तीब्र गतिमा रहेको ट्रकले प्रकृतिलाई ठक्कर दिइ घाइते बनाएको अवस्थामा ब्याक गरेर पुनः किचेको स्थानीयले जनाएका छन् ।घटनाबारे जानकारी गराउन जाँदा स्थानीय प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीले उल्टै अभद्र व्यवहार देखाएको पनि स्थानीयहरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here