कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, उपनिर्वाचनको समीक्षा हुने

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको तयारीका लागि पार्टीको पदाधिकारी बैठक आज बस्दैछ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न ४ बजे बस्ने बैठकमा भोलिदेखि शुरु हुने केन्द्रीय समिति बैठकका कार्यसूचीबारे छलफल हुने बताइएको छ ।

केन्द्रीय समिति बैठकमा यही मंसिर १४ गते सम्पन्न उपनिर्वाचनको समीक्षा, आगामी पुस ७ देखि १६ गतेसम्म हुने पार्टीको तेस्रो चरणको राष्ट्रिय जागरण अभियान, केन्द्रीय विभाग गठन, पार्टीका अन्तरिम संरचना गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले यसअघि सार्वजनिक कार्यक्रम मार्फत नै आन्तरिक अन्तरघातका कारण कांग्रेसले चुनाव हारेको भन्दै अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताउँदै आएका छन् ।कांग्रेसको भोलिदेखि हुने केन्द्रीय समिति बैठकमा पनि यिनै विषयलाई प्राथमिकतामा राखेर छलफल गरिने शर्माले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here