धनगढीबाट ७ जना जुवाडे पक्राउ परेका छन्। उप–महानगरपालिकाको वडा नम्बर ३ बाट ७ जना जुवाडे पक्राउ परेका हुन्। धनगढी चटकपुरको रहेकोे सागर होटेलबाट उनीहरुलई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
होटल सञ्चालक सहित ७ जनालाई पक्राउ गरिएको हो। उनीहरुको साथबाट ७९ हजार पाँच सय ५० नगद समेत बरामत गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार वस्नेतले बताए।
पक्राउ पर्नेमा बिभिन्न जिल्लाका ललीत सिहँ धामी, नरेश खत्री, हरेन्द्र कार्की, पदम राज जोशी, पदम राज भट्टराई, दिपक बिष्ट र पदम चन्द रहेको उनले बताए। उनिहरूलाइ चटकपुर प्रहरीकाे समन्वयमा पक्राउ गिरएकाे हाे।