वडा प्रहरी कार्यालय धनगढीका प्रमुख तथा प्रहरी निरिक्षक पन्तको सरुवा भएको छ। उनको धनगढीबाट अपराध महाशाखा काठमाडौँ सरुवा भएको हो। सरुवा भएका पन्तलाई जिल्ला प्रहरी कार्यालय कैलालीले अभिलेखमा जनिने गरी नगद पुरस्कार र प्रशंसापत्र समेत प्रदान गरेको छ। उनले धनगढी बसाई सुखद र उपलव्धीमुलक भएको बताएका छन्।