उपाध्यक्षमाथि कुटपिट गर्ने वडा सदस्य विरुद्ध मुद्धा

कञ्चनपुरमा राहात शिक्षक संघर्ष समितिका उपाध्यक्षमाथि कुटपिट गर्ने वडा सदस्य विरुद्ध मुद्दा परेको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ मा रहेको बैजनाथ माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक समेत रहेका शिक्षक संघर्ष समितिका उपाध्यक्ष विरेन्द्रबहादुर सिंहमाथि कुटपिट गरेको आरोप लागेका वडा सदस्य तर्कराज भट्ट विरुद्ध मुद्दा दर्ता गरिएको छ।

ईलाका प्रहरी कार्यालय झलारीले भट्ट र विद्यालय व्यवस्थापन समितिका सदस्य गणेश प्रसाद भट्ट विरुद्ध सार्वजनिक सुरक्षा र नैतिकता विरुद्धको कसुरमा मुद्धा दर्ता भएको जनाएको छ। दुवैजनाले निमित्त प्रधानाध्यापकलाई आफू अनुकुलको निर्णय गर्नुपर्ने भन्दै कुटपिट गरेको आरोप लागेको छ। उनीहरुले विद्यालय व्यवस्थापन समिति गठनको विषयमा अनुकुलको निर्णय गराउन निमित्त प्रअलाई दबाब दिएको तर नमानेपछि कुटपिट गरिएको आरोप लागेको हो।   

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here