कैलालीमा एक पुरुष मृत अवस्थामा भेटिएका छन्। जिल्लाको भजनी नगरपालिकामा सोही ठाउँका ५० वर्षीय खडकबहादुर चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ।
गत माघ ३ गते वेलुका घरबाट खेतवारी हेर्न जान्छु भनी हिडेका चौधरी अवेरसम्म नआएपछि खोजी गर्दा खेतमै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए। उनका अनुसार चौधरीले शरिरमा लगाएको कपडा समेत जलेको थियो। उनको शव परिक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ। चौधरीको चटयाङ लागेर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ तर घटनाको अनुसन्धान भईरहेका्े प्रहरी नायब उृपरिक्षक बस्नेतले बताए।