काठमाडौं । जब ठन्डी बढ्छ तब कोठाभित्र ज्यान गुमाएका व्यक्तिको पोस्टमार्टम गर्नुपर्ने चिकित्सकीय जिम्मेवारी उत्तिकै बढ्छ । यस्तै बेहोर्दै आएको फरेन्सिक विभागमा मंगलबार एउटै कोठामा बितेका आठ जनाका शव एकैसाथ पुर्याइए ।
विभागका वरिष्ठ कानुनी चिकित्सक हरिहर वस्तीले आठ भारतीयको शव बाहिरबाट हेरे । पोस्टमार्टम गर्नुपर्ने जिम्मेवारी अर्को दिनलाई सारे । डा. वस्तीले सबै शव रेफ्रिजेरेटरमा राखे । त्यहाँबाट निस्किँदै गर्दा उनले भने, ‘शवको अवस्था, घटनाको यथार्थता, वातावरणीय पक्षलगायत विविध कोणबाट हेर्नुपर्ने हुन्छ । हरेक घटनाको अवस्था फरक/फरक हुन सक्छ ।’
मकवानपुरको दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टका कोठामा सुतेका आठै जना अर्धचेत अवस्थामा फेला परेका थिए । उनीहरूका शवमा चोटपटक देखिएको छैन । उनका अनुसार कमै हुने घटना हो यो ।
गत मंसिर अन्तिम साता कीर्तिपुर–८ सुन्दर बस्तीका नवराज रञ्जितकारले पत्नी र शिशु गुमाएका थिए । सुत्केरी पत्नी र दुईमहिने शिशुलाई तातो गराउन राति मकलमा कोइला बालेर सुतेका थिए । बिहान उठ्दा पत्नी र शिशुको ज्यान गइसकेको थियो ।
जाडो समयमा परिवारको एउटै कोठामा ज्यान जाने घटना हरेक वर्ष दोहोरिने गरेको छ । पोस्टमार्टम गर्ने फरेन्सिक विज्ञ कोठाभित्र हुने सामूहिक निधनमा मुख्यतः दुई कारण रहने बताउँछन्– !। फुड प्वाइजनिङ हुनु २ ! निसास्सिनु। ‘झ्याल, ढोका बन्द गरी कोठाभित्र हिटर वा मकल बालेर बस्छन् । तातो वातावरणमा निदाउँछन् । सधैंका लागि निदाउन पुग्छन्’, उनले भने । उनका अनुसार हिटरले अक्सिजन सोस्छ । अक्सिजन अभावमा कार्बन मोनोअक्साइडलगायत विषालु ग्यासले कोठा भरिँदा निसास्सिएर ज्यान जान्छ । ‘दुर्घटनाका अन्य कारण छैनन् भने फुड प्वाइजनिङ