धनगढीको एसपिए कलेजमा सेयर धनीबिच विवाद

धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिएमा सेयर धनीहरुबिच विवाद बढ्दै गएको छ। नयाँ सेयर धनीहरुको लामो समयसम्म सेयर दाखिला नभएपछि विवाद बढ्दै गएको हो। सेयर धनीहरुबिच बढेको विवादकै कराण समस्या भएको भन्दै कलेजमा रहेको प्राध्यापक संघ पनि आन्दोलित भएको छ।

आन्दोलनका कार्यक्रम अनुसार प्राध्यापक संघले आजदेखि पेन डाउन गरेको छ। संघले शिक्षक कर्मचारीको तलव बृद्धीको माग अगाडी सार्दै पेन डाउन गरेको हो। प्रत्येक बर्ष बढ्दै आएको तलव यसबर्ष सेयर धनीहरुको विवादका कारण नबढेको भन्दै पेन डाउन गरिएको प्राध्यापक संघले जनाएको छ।  विगतमा कलेजका अध्यक्ष समेत रहेका योगेन्द्र शाही र पूर्व राज्यमन्त्री समेत रहेका नरेशवहादुर सिंहको कलेजमा सेयर रहेको थियो। सिंहले ३ बर्ष अगाडी व्यापारी नरेश थापा सहित कलेजमै अध्यापन गराउँदै आएका कटक जप्रेल, उक्तम सिंह भण्डारी र मनोज पन्तलाई २५ प्रतिशत सेयर विक्री गरेका थिए।

सिंहले एक बर्ष अगाडी बाँकी २५ प्रतिशत सेयर पनि तिनै चार जनालाई बिक्री गरेपछि कलेजमा अहिले ५० प्रतिशत सेयर अध्यक्ष शाही र बाँकी ५० प्रतिशत सेयर चार जनाको रहेको छ। तर दोश्रो पटक बिक्री गरिएको सेयर अहिले सम्म दाखिला नभएको सेयर सदस्य जप्रेलले गुनासो गरे। ‘सेयर दाखिला गर्ने निर्णय भईसकेको छ,’ उनले भने, ‘तर दाखिाला गर्न अहिले सम्म आनाकानी भईरहेको छ।’ सेयर दाखिलाको विषयमा भएको विवादका कारण सेयर सदस्यहरुबिच दुरी बढेपछि तलव बृद्धीको समेत निर्णय नभएको भन्दै प्राध्यापक संघ पनि आन्दोलनमा उत्रिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here