गोली प्रहार प्रहरीमाथि

प्रहरी टोलीमाथि गोली प्रहार भएपछि प्रहरीको जवाफी फायरबाट एकजना घाइते भएका छन् । इशनाथ नगरपालिका–१ वकैया खोलाको बाँधस्थित खटिएको प्रहरी टोलीमाथि गोली प्रहार भएको हो । प्रहरीको जवाफी फायरबाट विहार मोतिहारी घर भएका २१ वर्षीय शेख चान्दली घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहट र सिमा प्रहरी चौकी बंजराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट आउँदै गरेको मोटसाइकलमा सवार ३ जनाले प्रहरीलाई लक्षित गरी गोली चलाएका थिए । प्रहरीले आत्मरक्षाका लागि जवाफी फायर गरेको बताइएको छ ।

घटनास्थलबाट प्रहरीले एक थान कटुवा पेस्तोल, एक राउण्ड गोली र खोका एक थान बरामद गरेको छ । मोटरसाइकल सहित फरार रहेका अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here