धनगढीमा सशस्त्र प्रहरीद्धारा चार लाख १० हजार मूल्य बराबरका मोवाईल बरामद

धनगढीमा सशस्त्र प्रहरीले भन्सार छली ल्याईएका चार लाख १० हजार मूल्य बराबरका मोवाईल बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले धनगढी उप(महानगरपालिका वडा नम्बर २ को भन्सार रोड र बसपार्क ईलाकाबाट  अबैध रुपमा भन्सार छली ल्याईएका बिभिन्न ब्राण्डका १८  मोवाईल बरामद गरिएको जनाएको छ।

मोवाईल ढुवानीमा प्रयोग भएको से ७ प ७९४४ नं।को पल्सर मोटरसाईकल र तस्करीमा संलग्न व्यक्तिलाई समेत पक्राउ गरी आवश्यक कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद भएका मोवाईल सेटको मूल्य चार लाख दश हजार कायम गरी भन्सार दाखिला गरिएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here