काठमाडौं, माघ २७ । ललितपुरको सानेपामा नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या प्रयास भएको छ ।
आज विहान सानेपास्थित निवासमै मुनाको हत्या प्रयास भएको प्रहरीले जनाएको छ । कार्कीको घरमा काम गर्ने दाङ घर भएका विजय चौधरीको शव भने झुण्डिएको अवस्थामा फेला परेको छ ।
कार्कीकी पत्नी मुनालाई उपचारका लागि अस्पताल पुर्याइएको छ । टाउकोमा गम्भीर चोट लागेर रगतले लतपतिको अवस्थामा उनी भान्सामा भेटिएकी थिइन ।
घटनामा कसले र किन गरायो भन्ने खुलेको छैन । घटनामा प्रयोग भएको हतियारबारे पनि प्रहरीले खुलाएको छैन ।