भानु नगरपालिकाका इञ्जिनीयर सुकदेव अधिकारी र वडा नं १३ का सदस्य कृष्णबहादुर अधिकारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले ७५ हजार घुससहित इञ्जिनीयर र वडासदस्यलाई पक्राउ गरेको हो ।
वडासदस्य अधिकारीमार्फत इञ्जिनीयर अधिकारीले विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी सिफारिस बनाइदिएको लगायतका विभिन्न बहानामा अधिकारीद्वयले घुस माग गरेका थिए । उनीहरुलाई अख्तियारले नगरपालिका कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका प्रवक्ता मेघनाथ रिजालले जानकारी दिनुभयो ।