राजपाका १० कार्यकर्ता पक्राउ मन्त्री साहलाई कालो झण्डा देखाउने

प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई कालो झण्डा देखाउने राष्ट्रिय जनता पार्टीका १० कार्यकर्ता पक्राउ परेका छन् । जनकपुरधामस्थीत जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरको अनुगमनका लागि शनिबार बिहान पुग्नुभएका मन्त्री साहलाई कालो झण्डा देखाउने राजपाका १० कार्यकर्ता पक्राउ परेका हुन् ।

पक्राउ पर्ने विद्यार्थी नेताहरुमा रोशन मिश्रा, दिनेश यादव, वीरेन्द्र साह, शिवशंकर साह, करण मिश्रालगायत रहेको प्रहरीले जनाएको छ ।

जानकी हेल्थ केयर अस्पतालमा आयोजित खोप कार्यक्रममा सहभागी हुन मन्त्री साह अस्पताल पुग्नुभएको थियो । विद्यार्थी नेताहरु कालो झण्डाका साथै मोसो दल्ने योजनाका साथ अस्पताल बाहिर बसेका थिए । उनीहरु अस्पताल बाहिर बसेका कारण अस्पतालभित्र हुनुभएका मन्त्री साह केही समय भित्रै बन्दीसमेत हुनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here