काठमाडौं । अध्ययनका लागि जापान जान चाहने विद्यार्थीका लागि भिषा पकृया कठिन हुने भएको छ । नेपालसहित ७ मुलुकका लागि जापानको भिषा आवेदनमा थप कडा प्रावधानहरु लागू हुने भएको हो ।
जापानले भिषा आवेदन गर्दा अतिरिक्त कागजात बुझाउनुपर्ने नियमसहित कागजातमाथि कडाइका साथ चेकजाँच गर्ने भएको छ । जापानको अध्यागमन कार्यालयले नेपालसहित भियतनाम, चीन, म्यानमार, श्रीलंका, बंगलादेश र मंगोलियालगायतका देशलाई भिषा आवेदनमा कडा नियम जारी गर्नेभएको हो ।
कडाइ गरिएका यी देशका विद्यार्थीहरुले जापानमा अध्ययन भन्दा काम, शरणार्थी आवेदन, अवैधानिक बसाई, गैरकानुनी क्रियाकलापमा संलग्नता आदि बढेपछि भिषामा कडाइ गरिएको बताइएको छ ।