१२ हजार बढी मतदाता थपिए कैलालीमा

कैलालीमा १२ हजार बढी मतदाता थपिएका छन्। निर्वाचन कार्यालय धनगढीका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा १२ हजार बढी नयाँ मतदाता थपिएका छन्। आर्थिक वर्ष २०७५/०७६ मा २४ हजार नयाँ मतदाता थपिएकोमा चालु आर्थिक वर्षको ६ महिनामा १२ हजार ३ सय ४८ नयाँ मतदाता थपिएका छन्।

निर्वाचन दिवसको अवसरमा मंगलबार धनगढीमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गर्दै निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जिल्लामा नयाँ मतदाता थपिने क्रम रहेपनि अझै पनि सबै मतदाता नामावलीमा समावेश हुन नसकेको बताएका छन्। 
जिल्लामा अपाङ्गता भएका व्यक्ति, दलित, तेस्रो लिङ्गी लगायतका समुह मतदाता नामावलीमा नाम दर्ता गराउन बाँकी रहेका निर्वाचन कार्यालयले जनाएको छ।  यो वर्ष जिल्लामा ६ हजार ५ सय ४२ पुरुष र ५ हजार ८ सय ६ महिलाले मतदाता नामावलीमा नाम दर्ता गराएका निर्वाचन कार्यालयले बताएको छ।

जसमध्ये ११ महिला र ३१ पुरुष गरि ४२ मतदाता निर्वाचन कार्यालयबाट, जिल्ला प्रशासन कार्यालयबाट २ हजार ५ सय २० महिला र २ हजार ७ सय ६९ पुरुषगरि ५ हजार २ सय  ८९, इलाका प्रशासन कार्यालय टीकापुरमा २ हजार २ सय २७ महिला र २ हजार ३ सय ८५ पुरुष गरि ४ हजार ६ सय १२ र सुखडबाट १ हजार ४ महिला र १ हजार ३ सय ५७ पुरुषगरि २ हजार ४ सय ५ जना मतदाता दर्ता भएका हुन।  

कार्यालयबाट सय जनाले छुट परिचयपत्र लिएको २ सय १५ जनाको उतार प्रमाणित गरिएको प्रमुख भट्टले बताए।  कार्यक्रममा बोल्दै राजनीतिक दलहरुले मतदान केन्द्र कतै थप्नुपर्ने र कतै घटाउनुपर्ने भएकाले कार्यालयले यसमा ध्यान दिनुपर्ने, विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानको अधिकार प्राप्त गराउने वातावरण मिलाउनुपर्ने, कार्यालयले चैत–बैशाख र असोज–कार्तिक महिनामा स्थानीय तहमै मतदाता परिचयपत्र बनाउने व्यवस्था गर्नुपर्ने लगायतका सुझाव राखेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here