राष्ट्रपति विद्या भण्डारी सुदूरपश्चिममा हुने ८ वटा कार्यक्रममा सरिक हुने भएकी छिन्। १४ गतेदेखि १६ गते सम्म प्रदेशका ५ जिल्लामा हुने ८ कार्यक्रममा राष्ट्रपति भण्डारी सरिक हुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार फागुन १४ गते मध्यान्न १२ बजे धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उद्धघाटन र सोही दिन २ बजे शिवनगर खानेपानी आयोजनाको निरिक्षण गर्ने कार्यक्रम रहेको छ।
यस्तै फागुन १५ गते विहान १० बजे दार्चुलास्थित मालिकार्जुनको दर्शन, ११ बजे मालिकार्जुन माविको निरिक्षण, २ बजे बैतडीको त्रिपुरासुन्दरी भगवतीको दर्शन, ३ बजे बैतडीमै प्राविधिक शिक्षालयको भवन उद्धघाटन गर्ने कार्यक्रम रहेको सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ।
यस्तै १६ गते विहान १० बजे डडेल्धुरास्थित उग्रताराको दर्शन र १ बजे कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ।