काठमाडौं । प्रहरीले उदयपुरको कटारी नगरपालिका–१ स्थित खसीबासको जङ्गलबाट ठूलो परिमाणको हा’तहति’यारसहित नेक्रविक्रम चन्द समूहका १४ जना कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी उदयपुर, सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय कटारीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार बुधबार नै धनुषाको गणेमानचारनाथ नगरपालिका–४ गौरीनाथको १४ वर्षीय बालिका करिना मोक्तानलाई अ’पर’हण गरेर उदयपुर ल्याएको सूचनाको आधारमा प्रहरीले सो जङ्गलमा खोजी गर्दा ती १४ जनालाई हा’तहति’यारसहित पक्राउ गरी अ’पर’हणमा परेकी मोक्तानलाई उद्धार गरिएको हो ।
पक्राउ पर्नेमा २० वर्षीय मुस्कान राई, २८ वर्षीय विवेश खड्का, १६ वर्षीय रिता कार्की, २० वर्षीय विकास राई, १७ वर्षीय आयुष मगर र १८ वर्षीय अविमान तामाङ छन् । यसैगरी २० वर्षीय आशिष लामा, १६ वर्षीय रञ्जना राई, १९ वर्षीय अनिता राई, १९ वर्षीय अनुश्का राउत, १७ वर्षीय सपना राई, ४६ वर्षीय मणीराज राई र १५ वर्षीय आशिष श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बुढामगरले बताउनुभयो ।
पक्राउ परेका चन्द समूहका कार्यकर्ताबाट तीन था’न पे’स्तो’ल, एक था’न म्या’गेजेन, ११ था’न प्रेसरकुकर ब’म, ११ था’न सकेट ब’म, तीन था’न डेटोनेटर, तीन था’न खु’कुरी बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका १४ जनासहित उद्धार गरिएकी बालिकालाई प्रदेश नं २ का प्रहरी प्रमुख प्रधुम्न कार्कीको उपस्थितिमा उदयपुरबाट धनुषालाई बुझाइएको छ । बरामद गरिएका सबै हति’यार नेपाली सेनाको टोलीले निष्कृय गरेको प्रहरीले जनाएको छ ।