महिलाको मृत्यु दुई टिपर एकाआपमा ठोक्किँदा

The dead man's body. Focus on hand

दुई टिपर एकाआपमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। टिपरमा सवार मायादेवी गाउँपालिका–४ गुण्डी बस्ने ३५ वर्षीया सुनिता चौधरीको मृत्यु भएको हो ।

देबदह नगरपालिका–९ घोडाहास्थित सकडमा लु.१ क २५८४ नम्बरको टिपर र लु.२ ख १२१८ नम्बरको टिपर एकआपसमा ठक्कर खाई लु.१ क २५८४ नम्बरको टिपर पुन बा.२० च ५५१६ नम्बरको कारमा समेत ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा चौधरीको मृत्यु भएको छ । गम्भीर घाइते भएकी चौधरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र दुबै टिपर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here