रोम– इटालीको चियेने नगरका मेयरको कोरोना भाइरसका कारण मृत्यु भएको छ । उत्तरी इटालीस्थित चियेने नगरका मेयर ७० वर्षीय गियोर्गियो भलोटीको कोरोना भाइरसका कारण मृत्यु भएको इटालियन सञ्चारमाध्यमले जनाएका छन् ।
उनी विगत मार्च ७ देखि कोरोना संक्रमित भएका कारण अस्पतालमा उपचार गराइरहेका थिए । यो नगर कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित क्षेत्रमा पर्छ ।
कोरोना भाइरसका कारण फोक्सको संक्रमण भएको र यहीकारण शुक्रबार उनको मृत्यु भएको जनाइएको छ । इटालीमा हालसम्म कोरोना भाइरसका कारण १४४१ जनाको ज्यान गइसकेको छ । इटालीमा यसबाट अरु २१ हजार भन्दा धेरै संक्रमित छन् ।