भोलिबाट शुरु हुने
माध्यमिक शिक्षा परीक्षा९एसइई० का लागि महोत्तरीमा सबै तयारी पूरा भएको छ । परीक्षा केन्द्रको सुरक्षा
व्यवस्था, परीक्षा सञ्चालनका
लागि जनशक्ति व्यवस्थापन, अनुगमन
र हेल्थ डेस्कसहितको तयारी पूरा भएको जिल्ला परीक्षा समन्वय समितिले जनाएको हो ।
महोत्तरीमा यस वर्ष आठ हजार ३२९
परीक्षार्थी एसइई परीक्षामा सामेल हुँदैछन् । यो परीक्षाका लागि जिल्लामा ३०
परीक्षा केन्द्र व्यवस्था गरिएका छन् । सबै परीक्षा केन्द्रका लागि आवश्यक
जनशक्ति व्यवस्थापन
गर्नुका साथै आकस्मिक स्वास्थ्य डेस्कको प्रबन्धसमेत मिलाएको
समितिका अध्यक्ष तथा
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।
परीक्षालाई मर्यादित बनाउन आवश्यक
सुरक्षा प्रबन्ध र सघन अनुगमनको व्यवस्था मिलाएको समितिले
जनाएको छ । परीक्षा सञ्चालन र व्यवस्थापनका लागि प्रदेश शिक्षा विकास
निर्देशनालय र जिल्ला परीक्षा समन्वय समितिबीच आवश्यक समन्वय भइरहेको
छ । यसपालि महोत्तरीसहित प्रदेश नं २ का आठ जिल्लाबाट कूल ७२ हजार ८३९
परीक्षार्थी सहभागी हुँदैछन् ।
प्रदेशका आठै
जिल्लामा २६७ परीक्षा केन्द्र व्यवस्थापन गरिएको छ । यसपालिको परीक्षामा प्रदेशभित्र सबैभन्दा
बढी धनुषाबाट ११ हजार ३९३ र सबैभन्दा कम रौतहटबाट सात हजार ७०५
परीक्षार्थी सहभागी हुँदैछन् । धनुषामा ४३ र रौतहटमा ३० परीक्षा केन्द्र
तोकिएको प्रदेश शिक्षा विकास निर्देशनालय जनकपुरधामका निर्देशक चुडामणि फुँयालले
जानकारी दिए ।
परीक्षा मर्यादितरूपमा सञ्चालन गर्न जिल्ला
परीक्षा समन्वय समितिको नेतृत्वमा सुरक्षा, स्वास्थ्य सचेतना र आकस्मिक उपचारकक्ष,
अनुगमनको आवश्यक प्रबन्धका लागि आवश्यक जनशक्ति
व्यवस्थापन गरिएको निर्देशक फुँयालले बताए ।
Mithila ke lettest news