धनगढी उपमहानगरपालिकाले अतिआवश्यक काम बाहेक नगरबासीलाई घर बाहिर ननिस्कन आह्वान गरेको छ। उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले अपिल जारी गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड–१९) को जोखिमबाट बच्न अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको हो।
यस्तै उपमहानगरपालिकाले सीमावर्ती भारतीय बजारमा किनमेलका लागि नजान, सार्वजनिक स्थल, सांस्कृतिक केन्द्र, रंगशाला, खेल स्थल, जिम, हेल्थ, क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार, ट्युसन सेन्टर, क्यासिनो संघिय सरकारको निर्णय अनुसार नै बन्द गर्न आग्रह गरेको छ।
धनगढीका मुख्य चोक र बसपार्कमा हात धुन साबुन पानीको व्यवस्था गरिएको तथा कोरोनाको जोखिमसँग जुध्न स्रोत साधनले भ्याए सम्म सतर्कताको पूर्व तयारीमा जुटेको जनाएको छ।